१८ जिल्लाका गाविस सचिवहरुलाई अभिमुखीकरण

वालवालिका केन्द्रित स्थानीय स्रोतको प्रभावकारी परिचालन तथा व्यवस्थापन विषयक गाविस सचिवहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाविस अनुदान संचालन कार्यविधिमा कुल पूँजीगत बजेट मध्येबाट सवै जातजातिका विपन्न बालवालिकालाई प्रत्यक्ष फाइदा पुग्ने योजनाको लागि गाविसले न्यूनतम् १० प्रतिशत रकम विनियोजन र खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।
उक्त कार्यविधि वमोजिम वालमैत्री तथा समावेशी विकासका लागि जिल्लाका सवै गाविस सचिवहरुको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले युनिसेफको सहयोगमा स्थानीय जिविस तथा गाविस राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा आयोजित अभिमुखीकरणमा गाविस सचिव तथा केही गाविसका सहायकहरुको समेत सहभागिता रहेको थियो । यसमा स्थानीय विकास मन्त्रालयको तर्फबाट समेत आवश्यक सहभागिता र सहयोग रहेको थियो ।
नेपालका १८ वटा डकाव जिल्लाहरु नवलपरासी, कपिलवस्तु, दाङ, हुम्ला, डोल्पा, सप्तरी, पर्सा, उदयपुर, रुकुम, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, अछाम, वझाङ, डडेलधुरा र वझाङ जिल्लाको अभिमुखीकरण २०६८ कार्तिक पहिलो हप्ताबाट शुरु भई माघ पहिलो हप्तासम्ममा सम्पन्न भएको छ ।
अभिमुखीकरणबाट स्थानीय समस्या तथा सवालहरुका विषयमा अन्तक्र्रिया गर्नुका साथै आगामी परिषदमा वालवालिका तथा समावेशीकरणलाई प्रभावकारी रुपमा लागू गर्ने प्रतिवद्धता सहभागीहरुका तर्फबाट व्यक्त भएको छ । जसबाट गाविसका लक्षित समुदायलाई विकासको मूलप्रवाहमा ल्याउने कार्यमा यस अभिमुखीकरण सक्षम हुने अपेक्षा गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*