महासँघको अध्यक्षमा खतिवडा

null

गाउँ विकास समिति राष्ट्रिय महासँघको अध्यक्षमा महासँघका तत्कालिन उपाध्यक्ष घनश्याम खतिवडालाई चयन गरिएको छ । यस अघिका अध्यक्ष महिम लिम्बुले स्वास्थ्यको कारण आफ्नो पदबाट दिनु भएपछि खतिवडा अध्यक्ष बन्नु भएको हो । महासँघको यही मिति २०७३ भाद्र १७ गते बसेको बैंठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो ।

वि.सं. २०१९ सालमा ताप्लेजुङमा जन्मनु भएका खतिवडाले २०३४ सालबाट आफ्नो राजनीतिक जीवन शुरुवात गर्नुभएको थियो । स्नातक सम्मको औपचारिक अध्ययन गर्नु भएका खतिवडाले २०४३ सालमा भएको स्थानीय निकायको निर्वाचनामा मोरङको लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उमेद्वारको रुपमा प्रधानपञ्चमा निर्वाचन लड्नु भएको थियो । २०४९ र २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट मोरङको लेटाङ गाविसकै अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । २०५२ सालमा स्थापना भएको गाउँ विकास समिति राष्ट्रिय महासँघको संस्थापक सदस्य रहनु भएका खतिवडा २०७० बाट उपाध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो । पञ्चायतकालिन समयमा पटक पटक जेल पर्नु भएका उहाँ स्थानीय निकायका अनुभवी राजनीतिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*