पूर्व जनप्रतिनिधिमूलक निकायहरुको आन्दोलन

दिगो शान्ति समयमै लोकतान्त्रिक संविधान स्थानीय स्वायत्त सरकार र अन्तरिम स्थानीय निर्वाचनका लागि दवाव

दिगो शान्ति स्थापनार्थ जिम्मेवार राजनीतिक दलहरु आफैले बारम्बार गरेका प्रतिवद्धता पालना नगरेको समयमै लोकतान्त्रिक संविधान प्राप्त गर्ने जनचाहनालाई सम्वोधन गर्ने तत्परता र सक्रीयता राजनीतिक तहमा कमजोर देखिएको छ । दिगो शान्ति र लोकतान्त्रिक संविधान निर्माण जस्ता सर्वाधिक महत्व र जनसरोकारका कार्यसम्पादन गर्न नसक्ने हो कि भन्ने आशंका बढ्दै गएकाले संविधानसभाप्रतिको जनविश्वास समेत दिनानुदिन कमजोर हुँदै गएको छ । विभिन्न व्यक्ति र समूहका निहित स्वार्थका कारण समयमै शान्ति र लोकतान्त्रिक संविधान बन्दैन कि भन्ने आशंका प्रवल बन्दै गएको छ ।
देशमा स्थानीय सरकार तहदेखि नै निर्वाचित जनप्रतिनिधिहरुको अभावमा दिगो शान्ति निर्माण स्थानीय विकास राजनीतिक स्थीरता र लोकतन्त्रको संस्थागत विकासमा अपूरणीय क्षति भई रहेको अवस्थामा यी मुद्दाहरुको सम्बोधनमाभन्दा जिम्मेवार राजनीतिक दलहरुको ध्यान सरकार बनाउने र परिवर्तन गर्ने कुरामा अत्याधिक केन्द्रित रहने गरेको छ ।
यस तथ्यलाई हृदयंगम गरी देशमा दिगो शान्ति समयमै लोकतान्त्रिक संविधान स्थानीय निकायका अन्तरिम निर्वाचन र संवैधानिक स्थानीय स्वायत्त सरकारका पक्षमा फरक फरक ढंगले निरन्तर रुपमा आन्दोलित रहेका जननिर्वाचित जनप्रतिनिधिमुलक संघसंस्थाहरु पूर्ब सांसद माच नेपाल र स्थानीय सरकारका संघ महासंघहरु गाविस राष्ट्रिय महासंघ नेपाल जिविस महासंघ नेपाल र नेपाल नगरपालिका संघ बीच साझा मुद्दाहरुमा सहमति निर्माण गरी शान्तिपूर्ण तथा दवावमुलक आन्दोलनका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
साझा माग तथा मुद्दाहरुः
कयस अघि गरिएका बारम्बारका राजनीतिक सहमति र ५ बुँदे सहमति सहितको भावना अनुरुप आगामी भाद्र १४ अगावै माओवादी लडाकु र हतियार व्यवस्थापन समेतका मुलभूत कार्यहरु सम्पन्न गरी दिगो शान्ति स्थापना गरियोस् ।
खयस अघिको राजनीतिक सहमतिको आधारमा २०६८ भाद्र १४ गते अगावै संविधानसभाबाट लोकतान्त्रिक अन्तरवस्तु सहितको संविधानको एकीकृत मस्यौदा तयार गरी जनतामाझ लगियोस् ।
गअन्तरिम संविधानको धारा १३९ को व्यवस्था अनुसार लोकतन्त्रको संस्थागत विकासका लागि स्थानीय सरकारको अन्तरिम निर्वाचन अविलम्ब गरियोस् ।
घनयाँ संविधानमा लोकतन्त्रको जगका रुपमा रहने स्थानीय स्वायत्त सरकारको प्रष्ट संवैधानिक व्यवस्था गरियोस् ।
आन्दोलनका कार्यक्रमहरुः
२०६८ श्रावण २० गते पूर्व सांसद क्लव िसंहदरवारमा पत्रकार सम्मेलन श्रावण २३ गतेदेखि प्रधानमन्त्री संविधान सभाका सभामुखलाई ज्ञापन पत्र हस्तान्तरण श्रावण २७ गते ललितपुर जिविस हलमा सरोकारवालाहरुबीच अन्तरकि्रया श्रावण ३१ गते माइतिघर मण्डलादेखि संविधान सभा भवन बानेश्वरसम्म शान्तिपूर्ण विरोध जुलुश र कोण सभा गरी कार्यक्रम सम्पन्न भएका छन् ।
यी सवै कार्यक्रमहरुमा आयोजक संस्थाका तर्फबाट सकि्रय सहभागिता रहेको थियो ।

Be the first to comment

Leave a Reply